Logo

करिश्मा आज औपचारिक रुपमा एमाले प्रवेश गर्दै



काठमाडौं, ८ चैत्र । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गर्ने भएकी छन् । पार्टी प्रवेश बारे धेरै अगाडी नै बताउँदै आएकी करिश्मा स्थानीय चुनाव नजिकिदै गर्दा एमाले प्रवेश गर्न लागेकी हुन् ।

उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गर्दैछन् । सिंहले जनता पार्टीको नेतृत्व गर्दै आएका छन् । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

करिश्मा यसअघि डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा थिइन् । नयाँ शक्ति संघीय समाजवादीमा एकिकरण भएपछि पनि करिश्मा विस्तारै राजनीतिबाट नै टाढिदै गएकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot