Logo

निर्वाचन आयोगले भन्यो : ठेकेदार उम्मेदवार हुन नपाइनेमा सत्यता छैन्, यो सबैको हकमा लागु हुँदैन्



काठमाडौं, २२ चैत्र । आगामी स्थानीय चुनावमा ठेक्कापट्टामा सम्लग्न व्यक्ति उम्मेदवार हुन नपाइने विषय सबैमा लागु नहुने निर्वाचन आयोगले बताएको छ ।

आज पत्रकार सम्मेलनमा बोल्दै आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारको हकमा लागु नहुने स्पष्ट पारेका हुन् ।

आयुक्त भण्डारीले निर्वाचन आचारसंहितामा व्यवस्था भएको पालिकामा ठेक्कापट्टामा सम्लग्न व्यक्ति जसको बेरजुहरु पनि छ भने ती स्थानमा चाँही उनीहरु उम्मेदवार हुन नपाइने उनले जानकारी दिए ।

सोही पालिकामा उक्त उम्मेदवारका नाममा बेरुजु खडा छ भने निर्वाचन ऐनले नै उम्मेदवारीका लागि अयोग्य हुने व्यवस्था रहेको समेत उनले उल्लेख गरे ।

 



प्रतिक्रिया दिनुहोस्