Logo

चितवनमा माओवादीले काँग्रेसलाई ऋण तिर्नुपर्छः सभापति खनाल (भिडियोसहित)



काठमाडौं, २५ चैत । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय तहको आवश्यकता अनुसार भरतपुर महानगरपालीकामा गठबन्धन हुने बताएका छन् ।

हिजो (बिहिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरबाट गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेद्वारी दिने दाबी गरे ।

उनले चितवनमा यसपाली माओवादी केन्द्रले नेपाली काँग्रेसलाई ऋण तिर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot