Logo

धनुषा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख रंगेहात पक्राउ



काठमाडौं, २८ चैत्र । भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस माग गरेको उजुरीको आधारमा
अख्तियारले रकमसहित नियन्त्रणमा लिएको थियो ।

झाले सेवाग्राहीबाट उक्त रकम लिइसकेको घुस लिइसकेको अवस्थामा रकमसहित भानुचोक, जनकपुर, धनुषाबाट आज बिहान ८ः१५ बजे नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot