Logo

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्छः सुजाता कोइराला



काठमाडौं, २९ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले बालश्रम न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् ।

गिरिजाप्रसाद कोइराला लेबर फाउन्डेशनले आज गोकर्णेश्वरमा आयोजना गरेको ‘बालश्रम न्यूनीकरणका लागि जागरण कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री कोइरालाले गरिबीका कारण बालश्रम बढेको भन्दै यसलाई न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । “जबसम्म मुलुकमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था सिर्जना हुँदैन, तबसम्म बालश्रम न्यूनीकरण हुन सक्दैन,” उनले भने । बालबालिकालाई श्रममुक्त बनाउनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot