Logo

रोनाल्डो दुःख बिर्सेर देखापरे



एजेन्सी, ९ वैशाख । फुटबल स्टार रोनाल्डो शिशु गुमाएको केही दिनपछि देखिएका छन् । उनी पार्टनर जर्जजिना रोड्रिगेजसहित देखिएका हुन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा बिहिबार हल्का मुस्कुराइरहेको तस्बिर राखे । उनी जर्जजिना र परिवारसहित थिए । उनले आफ्नो घरको वर्णन गर्दै बालबालिकाबारे लेखेका छन् ।

रोनाल्डोले यसै हप्ता जुम्ल्याहामध्ये छोरालाई गुमाएका थिए । छोरी भने बाँचेकी थिइन् । ३७ वर्षीय रोनाल्डोको पाँच सन्तान छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot