Logo

आज थप ११ जनामा संक्रमण पुष्टि, १७ जना निको



काठमाडौं, १४ बैशाख । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४ हजार ११९ जनाको परिक्षणमा ८ जना पीसीआर र ३ जना एन्टीजेन परिक्षणबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १७ जना संक्रमित निको भएका छन् । २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर २५२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस्