Logo

भारत्तोलन खेलाडी सञ्जुको मृत्युको रहस्य



काठमाडौं, २८ वैशाख । लुभको महालक्ष्मी महाभैरवको जात्रा दुई वर्ष कोरोना भाइरसको महामारीका कारण चल्न सकेको थिएन । २०७७ र २०७८ सालमा महामारीका कारण देउता बाहिर निकालिएको थिएन । यसकारण पनि यस वर्षको जात्राले बढी महत्व पाएको थियो ।

चुनावको मुखमा लुभुको जात्रामा भोजभत्तेरहरु धेरै चले । दुई वर्ष जात्रा महामारीले नहुनु र यस वर्ष चुनावको मुखमा हुनुले पनि धूमधाम मनाइँदै थियो ।

महालक्ष्मी नगरपालिका ८ को लुभुस्थित एउटा घरमा २६ वैशाखमा जात्रा मान्ने क्रममा भोज समेत चल्यो । घरधनी थिए सञ्जय महर्जन । भारत्तोलनको प्रशिक्षक सञ्जयले उक्त घर केही वर्ष अघिमात्र खरिद गरेका थिए ।

सञ्जय लुभुका पुराना बासिन्दा भने होइनन् । नेवार समुदायको पुरानो वस्ती लुभुमा सञ्जयको घरमा खेलाडीको आवतजावत हुन्थ्यो ।

जात्रामा भोजमा सञ्जयले २६ वैशाखको राति पाहुना डाकेका थिए । जसमध्ये पुराना खेलाडी पनि थिए । सञ्जु लुभुमै बसेर प्रशिक्षण गरिरहेकी थिइन् । तर, उनी २७ वैशाखमा झुण्डिएको अवस्थामा फेला परिन् ।

चीनमा हुन लागेको एशियाली खेलकुदको तयारी थिइन् सञ्जु चौधरी । उनले प्रहरीको जागिर पनि केही महिना अगाडि छाडेकी थिइन् ।

सञ्जुको मृत्युबारे प्रहरीले अनुसन्धान बढाएको छ । पोस्टमार्टम भइसकेको छ । यसको रहस्य खुल्न बाँकी छ ।

प्रहरीले घटनास्थल र सञ्जुसँग जोडिएका विषयबारे अनुसन्धान बढाइरहेको छ । विशेषगरी घरधनी सञ्जय महर्जन र सञ्जुसँग नजिक रहेकाहरुबारे पनि प्रहरीको चासो रहेको बुझिएको छ ।

सञ्जयको पारिवारिक जीवन सामान्य नरहेको बुझिएको छ । उनले दुईवटा विवाह गरेको र लामो समय एक्लै बस्दै आएको बुझिएको छ । केही वर्ष पछि पत्नीसँग सम्बन्ध फेरि सामान्य रहेको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान बढाइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्