Logo

गोरखाको शहिदलखन गाउँपालिकाको मेयर/उपमेयरमा माओवादी केन्द्र विजयी



काठमाडौं, २ जेठ । गोरखाको शहिदलखन गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रमेश थापामगर निर्वाचित भएका छन्।

उनले कांग्रेसका उम्मेद्धवार नारायणप्रसाद लामिछानेलाई हराएका हुन् ।

थापामगरले ५४७४ मत ल्याएका छन् भने कांग्रेसका लामिछानेले ४४३२ मत ल्याएका थिए।

यस्तै, उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार इन्दिरा तिवारी निर्वाचित भइन्।

उनले ४९९६ मत ल्याएकी छन्। यहाँ कांग्रेसकी उम्मेदवार शर्मिला श्रेष्ठले ४४३२ मत मात्रै ल्याइन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot