Logo

एमाले सुदुरपश्चिमका इन्चार्ज लेखराज भट्टका भाई गोदावरीमा पराजित



धनगढी, ४ जेठ । नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा उनका भाई गोकर्ण भट्ट पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका वीरेन्द्र भट्टले ४२७७ मतान्तरले पराजित गरेका हुन् ।

मेयरमा निर्वाचित भएका भट्टले १५ हजार ५०१ मत ल्याएका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याएका थिए ।

त्यस्तै, उपमेयरमा एमालेकी शारदादेवी रोकाया निर्वाचित भएकी छिन् । उनले १० हजार ६७० मत ल्याएकी हुन् भने गठबन्धनकी रत्ना कठायतले ९ हजार ९८३ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्