Logo

६ महिनामै तीन पटक फेरिए सचिव



काठमाडौं, जेठ १७ । एउटा मन्त्रालयमा ६ महिनामै ३ पटकसम्म सचिव फेरिएका छन्। यसबाट स्थायी सरकार मानिएको प्रशासन संयन्त्र अस्थिर बनेको छ। खानेपानी मन्त्रालयमा ६ महिनामा ३ पटक सचिव फेरिएका छन्।

२०७८ असोज २२ गते उमाकान्त चौधरी खानेपानीमन्त्रीमा नियुक्ति भएयता उनले ३ पटक सचिव फेरिसकेका छन्। चौधरी खानेपानी मन्त्रीमा नियुक्त हुने बेला खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य थिइन्। बज्राचार्यसँग काम गर्न मन्त्री चौधरीले असहज महसुस गरे।

उनको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले २०७८ माघ २७ को खानेपानीबाट वज्रचार्यको सरुवा गर्‍यो र बज्राचार्यको ठाउमा सुरेश आचार्यलाई लगियो। ब्रजाचार्यलाई खानेपानीबाट शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयमा पठाइयो। तर आचार्यले पनि लामो समयम्म काम गर्न पाएनन्।

मन्त्रीचौधरी र आचार्यवीच पनि सम्बन्ध बिग्रियो। त्यसपछि आचार्यको पनि त्यहाँबाट सरुवा गरियो। २०७९ जेठ ९ गत बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्‍यो भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयमा कार्यरत मनिराम गेलाललाई ल्याइयो। गेलाल खानेपानीमा गएको एक हप्ता मात्र भएको छ।

मन्त्रालय स्रोतका अनुसार गेलाललाई मन्त्रीमन्त्री चौधरीले नै रोजेका हुन्। चाँडोचाँडो सचिव फेर्ने प्रवत्ति खानेपानी मन्त्रालय मात्र नभई अन्य मन्त्रालयहरूमा पनि यस्तै अवस्था छ। चाँडोरचाँडो सचिव सरुवा भए भएमा काम गर्न अप्ठायारो हुने पूर्व सचिव मधूसूदन अधिकारीको भनाइ छ।

‘नयाँ ठाउँमा गए पछि त्यहाँ बुझ्न मात्रै सचिवलाई कम्तीमा २र३ महिना लाग्छ। तर, २र३ महिनामै सचिव सरुवा भएपछि मन्त्रालयको कामले लय पक्रिन्न,’ अधिकारीले भने, ‘त्यसैले मन्त्रालयले लय पक्रन मन्त्रालयका सचिवले कम्तीमा १ वर्ष काम गर्न पाउनुपर्छ।’

सरकारको नेतृत्व फेरिएपछि अधिकांश मन्त्रालयहरूमा सचिवलगायत उच्च कर्मचारीहरू सरुवा भएका छन्। त्यसो त, प्रधानमन्त्री फेरिएपछि महत्वपूर्ण मानिएका मन्त्रालयहरूमा सचिव फेर्ने चलन पुरानै हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सम्बन्धित मन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले सचिव फेर्न निर्णय गर्छ। ‘मन्त्रीज्यूले यो सचिवबाट काम गर्न अप्ठेरो भयो। काम गर्न सहजताकोलागि यो सचिव चाहिन्छ भनी मन्त्रिपरिषद्मा प्रस्ताव गरे पछि सामान्यता सचिव फेरिने गर्छन्,’ एक सचिवले भने, ‘तर कहिलेकाहीँ प्रधानमन्त्रीको चाहनामा विभागीय मन्त्रीलाई थाहा नै नभई सोझै सचिव फेरिने गर्छन् ।’

गृह, अर्थ, भौतिक पूर्वाधार, भूमि व्यवस्था, शहरी विकास, शिक्षा, पर्यटन, उद्योग,वाणिज्य आपुर्ती, महिला बालबालिका, शहरी विकास, स्वास्थ्य तथा जनसंख्यालगायतका मन्त्रालयमा सरकारको नेतृत्व फेरिएपछि सचिव फेरिएका छन्। तीमध्ये धेरैजसो मन्त्रालयमा त्यसपछि पनि सचिव सरुवा भएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot