Logo

काडाघारीबाट १३ वर्षीया बालिका बेपत्ता



काठमाडौं, ३ असार । काठमाडौंको काडाघारीबाट आज बिहान १३ वर्षीया बालिका बेपत्ता भएकी छिन् । खैरो टिसर्ट, प्याजी कलरको टाउजर र निलो रंगको चप्पल लगाएकी गरिमा सेढाई (लक्ष्मी) हरहर महादेबबाट बिहान ६ः३० बजेदेखि सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

कसैले देखेमा नजिकैको प्रहरी चौकी अथवा ९८४३९५६७८९, ९८२३११६२४६ मा सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।

काँडाघारी सनसिटी स्थित पुष्पबाटिका विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिका विद्यालयबाट बास्केट बल खेलेर घर फर्किने क्रममा बाटैबाट हराएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्