Logo

पाकिस्तानमा विवाहमा पाहुनालाई एउटामात्र परिकार खुवाउन निर्देशन



एजेन्सी, १२ असार । पाकिस्तानको आर्थिक अवस्था तिव्र गतिमा बिग्रँदै गएको छ । यसबाट बच्न सरकारले अनौठो उपाय अपनाइरहेको छ । शाहबाज सरकारले जनतालाई आफ्नो अतिरिक्त खर्च कटौती गर्न निर्देशन दिएको छ ।

सरकारले विवाह समारोहमा पाहुनालाई एउटा मात्र परिकार खुवाउन निर्देशन दिएको हो । जुलुस, मेहेन्दी र वलिमा, भांगडा पार्टीलगायतका सबै कार्यहरू राति ९ बजेअघि नै सम्पन्न गरिसक्नु पर्नेछ । त्यसैगरी, राति ९ बजेपछि अनावश्यक सडक बत्ती पनि बन्द राखिने गरेको छ । मेडिकल स्टोर, पेट्रोल पम्प, बस टर्मिनल, दूध पसल आदिलाई मात्र छुट दिइएको छ।

बिजुली बचत गर्न सरकारले सबै बजार, सपिङ मल, विवाह हल, पसल राति ९ बजेसम्म खोल्न निर्देशन दिएको छ । यस पछि धारा १४४ लागू हुनेछ। साथै अब सरकारी कार्यालयले ५ दिन मात्रै काम गर्ने भएको छ । शनिबार कार्यालय बन्द राख्दा वार्षिक ७८३० करोड रुपैयाँ (भारतीय) बचत हुने सरकारको तर्क छ ।

यसबाहेक, शाहबाज सरकारले शुक्रबार घरबाट काम गर्ने विकल्प दिँदै कर्मचारीहरूलाई छुट्याइएको इन्धनको मात्रामा ४०% कटौती गर्न आदेश दिएको छ। यसैबीच पाकिस्तानी सेनाले शुक्रबार ‘ड्राइ डे’ मनाउने भएको छ र यस दिन कुनै पनि सरकारी सवारी साधन चल्ने छैनन्। सरकारको यो निर्णयबाट पाकिस्तानका व्यापारी वर्ग आक्रोशित भएका छन् ।

सेनाले ठूलो मात्रामा लडाई अभ्यासको सट्टा क्यान्टोनमेन्टमा सीमित तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । यस बाहेक यातायात खर्चमा बचत गर्न सम्मेलनलगायत अन्य महत्त्वपूर्ण कामहरू अनलाइनबाटै गरिनेछ। सञ्चारमाध्यमका अनुसार विदेशी मुद्रा सञ्चिति बचाउनका लागि स्थानीय मुद्रामा सैन्य उपकरण खरिदका लागि धेरै सम्झौता भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot