Logo

सात वर्षदेखि असरल्ल पुस्तकालय



काठमाडौं, असार १९। प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् ।

२०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । किताब असरल्ल छन् । कतिपय पुस्तकलाई चिस्यानले भेटिसकेको छ । पुस्तकालयभित्रका पुस्तकको सुरक्षाका लागि वैज्ञानिक उपचार विधि अपनाइएको छैन । विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकालले भने, “पुस्तकलाई कपुर र पङ्खाको हावाले सुरक्षा गरिएको छ ।” पुस्तकमा चिस्यान नहोस् भनेर दिनभरिजसो नै पङ्खा चलाउने गरिएको छ ।

महत्त्वपूर्ण कतिपय पुस्तकलाई कपडाले बाँधेर राखिएको छ । कोभिड–१९ का बखत बन्दाबन्दीमा धेरै पुस्तकमा ओस पसेर बिगारिदिएको छ । पुस्तकालयभित्र पूर्वीय दर्शनलगायतका महत्त्वपूर्ण धार्मिक ग्रन्थ पनि राखिएको छ । २०७२ सालको भूकम्पले पुस्तकालय भवनलाई नमज्जाले क्षति पु(याएपछि विद्यार्थी, प्राध्यापक र शोधकर्ताबाट पुस्तकालय टाढिएका छन् । केही पुस्तकलाई विद्यापीठको मुख्य भवनमा एउटा कक्षाकोठा हटाएर राखिएको छ ।आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot