Logo

नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं, २० असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । सोमबार अपराह्न शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए । सो लगत्तै नवनियुक्त मन्त्रीहरुले सिंहदरबारस्थित् मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रुपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई सरकारमा पठाएको थियो । मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदीप यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot