Logo

नीता र हरिहरको बिहे अघि नै ‘ह्रस्व दीर्घ’को मुर्हत



काठमाडौं, २१ असार । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारी आगामी असार २४ गते विवाह बन्धनमा बाधिदै छन् । उनीहरु यतिबेला विवाहको तयारीमा व्यस्त छन् ।

बिहे भन्दा पहिले नै यी जोडीले ‘ह्रस्व दिर्घ’ फिल्मको मुर्हुत गरेका छन् । नीता फिल्मसको ब्यानरमा बन्न लागेको फिल्मको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुर्हत गरिएको हो ।

शुभ साइतमा स्कृप्ट र क्ल्याप बोर्ड पुजा गर्दै फिल्मको टाइटल फन्ट समेत सार्वजनिक गरिएको हो । दशै पछि छायांकन सुरु हुने फिल्ममा ‘पुष्पा’ भिलेन सुनिल वर्मा, गजनी भिलेन प्रदीपराज रावत, कलाकार ब्रह्मानन्दम र अली अनुबन्ध भइसकेका छन् ।

त्यस्तै, फिल्ममा नीता, हरिहर र सलोन बस्नेतको अभिनय रहेने जनाइएको छ। भारतको हैदराबादस्थित रामजी स्टुडियो र नेपालमा पनि केही प्रतिशत फिल्मको छायांकन हुनेछ । उक्त फिल्म नेपालकै अहिले सम्मकै ठुलो लगानीमा निर्माण हुने हल्ला बजारमा चलेको छ।



प्रतिक्रिया दिनुहोस्