Logo

नीतुको जन्मदिनमा आलिया लेख्छिन् –मेरी सासु र भावी हजुरआमालाई जन्मदिनको शुभकामना



एजेन्सी, २४ असार । बलिउड कलाकार नीतु कपुरले आज आफ्नो ६४ औं जन्मदिन मनाइरहेकी छिन् । यस विशेष अवसरमा उनकी बुहारी आलिया भट्टले पनि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिएकी छन् । आलियाले पोस्टमा आफ्नो विवाहको एक नदेखेको तस्बिर सेयर गरेर साथमा उनले सासूलाई जन्मदिनको मायालु सन्देश पनि लेखेकी छिन् ।

आलियाले आफ्नो हल्दी समारोहको एक विशेष तस्बिर सेयर गर्दै लेखिकी छिन्, ‘सबैभन्दा सुन्दर व्यक्तिलाई जन्मदिनको धेरै धेरै शुभकामना। मेरी सासू, साथी र छिट्टै हुने हजुरआमा पनि… म धेरै माया गर्छु।’ यो तस्बिर आफ्नो प्रोफाइलमा सेयर गर्दै नीतुले लेखेकी छिन्, ‘लभ यू मच…’।

नीतुले २०१३ मा आएको फिल्म ‘बेशरम’ पछि काम गरेकी छैनन्। जसमा उनी छोरा रणवीरसँग मुख्य भूमिकामा देखिएकी थिइन् । तर हालै अभिनेत्री धर्मा प्रोडक्सनको फिल्म ‘जुग्जुग जियो’ बाट कमब्याक गरिन् । नीतुको फिल्म २४ जुनमा हलमा रिलिज भएको थियो । यससँगै नीतु अहिले डान्स रियालिटी शो ‘डान्स दिवाने जुनियर’को जज पनि छिन् ।

योसँगै आलियाको रणवीर कपूरसँगको फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको तयारीमा छ र अभिनेत्री रणवीर सिंहसँग ‘रकी र रानीको प्रेमकथा’ बाहेक ‘डार्लिंग्स’ मा देखिने छिन् । आलियाको हातमा हलिउड प्रोजेक्ट पनि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot