Logo

पहिलो पटक देखियो आलियाको बेबी बम्प



एजेन्सी, २६ असार । केही दिन अघि मात्रै गर्भावस्थाबारे जानकारी दिएकी हालै पोर्चुगलमा आफ्नो आगामी हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को भागको सुटिङ पूरा गरेकी छिन् ।

यस फिल्ममा आलियाको साथमा चर्चित अभिनेत्री गल गाडोट र जेमी डोर्नन देखिनेछन् । आलियाले शुक्रबार फिल्मको सेटबाट गल गाडोट र टोलीसँगका केही तस्विरहरू सेयर गर्दै सुटिङ सकिएको जानकारी दिएकी हुन् । यी बाहेक फिल्मको सेटबाट आलियाका केही तस्बिरहरू बाहिर आएका छन्, जसमा पहिलो पटक आलियाको बेबी बम्प देखाइएको छ ।

आलियाको बेबी बम्पका यी तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । भाइरल फोटोमा आलियाको बेबी बम्प स्पष्ट देखिन्छ । एक प्रयोगकर्ताले आलियाको तस्बिर सेयर गर्दै लेखे, ‘गर्भवती हुँदा एक्शन फिल्मको सुटिङ गर्दै, वाह। अर्का प्रयोगकर्ताले लेखे, “आलियाको प्रतिबद्धताको स्तर हेर्नुहोस्। गर्भावस्थामा पनि बडी डबल प्रयोग नगर्नु, यो सराहनीय छ।“
गल गाडोटले पनि आफ्नो सेल्फी रिपोस्ट गरेर आलियालाई धेरै माया गरेकी छिन्। यो तस्बिरमा आलिया समुद्र तटमा गाललाई अँगालो हालेको देखिएकी छिन् ।

टम हार्पर द्वारा निर्देशित ’हार्ट अफ स्टोन’ अर्को वर्ष नेटफ्लिक्समा रिलिज हुनेछ। यो फिल्म ल्भताष्हि को लागि नयाँ जासूस–थ्रिलर फ्रान्चाइजी हुन सक्छ। यदि यो फिल्म सफल भयो भने आलिया पनि यसको सिक्वेलमा देखिन सक्छिन् । वर्कफ्रन्टमा, आलिया चाँडै नै पति रणवीर कपूरसँग ’ब्रह्मास्त्र’, ’रकी और रानी की लभ स्टोरी’ र रणवीर सिंहसँग ’डार्लिंग्स’ मा देखिनेछिन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot