Logo

प्रचण्ड, माधव, झलनाथ, बाबुराम र वामदेव मिलेर के पकाउन लागे



काठमाडौं, ३ साउन । सत्ता गठबन्धनभित्र उपगठबन्धनको तयारी चलेको छ । यसमा ४ पूर्वप्रधानमन्त्री र एक उपप्रधानमन्त्री सक्रिय भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले फरक गठबन्धन बनाउने पहल गरिरहेका छन् । उनीहरुले भेटवार्ताहरु समेत गर्न थालेका छन् ।

पाँचजना नेताहरुले चुनावी तालमेलका लागि एकजुट भएर जाने सहमति बनाउन खोजेका छन् । नेपाली काँग्रेसले चुनावी तालमेलमा बढी सिट लिन खोजेपनि वामपन्थी नेताहरु र पूर्ववामपन्थी नेता एक ठाउँमा आएका हुन् ।

काँग्रेसमाथि दबाब बढाउन प्रचण्ड, माधव नेपाल र बाबुरामको रणनीतिका रुपमा यसलाई हेर्न थालिएको छ । सत्ता गठबन्धनका काँग्रेसबाहेकका दलले कम्तिमा आधा सिटको दाबी गरिरहेका छन् । तर, काँग्रेस सबै सिटमा तालमेल गर्न तयार देखिदैन ।

यसैगरी, वामपन्थी एकतामा लागेका वामदेव गौतम पनि बाबुरामसहितका नेताहरुसँग सम्भावित तालमेलका लागि अगाडि सरेका छन् । उनी काँग्रेसलाई एक्लो बनाएर वामपन्थी गठबन्धन बनाउने उद्देश्यमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot