Logo

कैलाश मानसरोवर सडकमा पहिरो, डडेल्धुराका एक जनाको मृत्यु



काठमाडौं, साउन ११ । कैलाश मानसरोवर सडकखण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको उक्त सडकखण्डमा पहिरोले एक नेपाली मजदुरको मृत्यु र एक गम्भीर घाइते भएका हुन्।

प्रहरीका अनुसार मङ्गलबार अपरान्ह सडकखण्डको धारचुलास्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम गरिरहेका डडेल्धुराका ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको हो। घटनामा ३८ वर्षीय पदमसिंह कुँवर पनि गम्भीर घाइते भएका छन्। कुँवरको धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

भारतको पिथौरागढ जिल्लाबाट करिब १५० किलो मिटर दूरीमा धारचुला हुँदै भारतले कैलाश मानसरोबर सडक निर्माण गरिरहेको छ। गर्ग एण्ड गर्ग कम्पनीले सडक चौडा गरेर कालोपत्रे गर्ने काम गरिरहेको हो। कम्पनीले नेपाली मजदुरलाई काममा लगाएर सडक कालोपत्रे गर्दै आइरहेको छ। पहिरोमा परी मृत्यु भएका नरबहादुर रोकाको शव पोष्टमार्टमका लागि धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot