Logo

शमिता–राकेशको ब्रेकअप, दुवैले भने–अब हामी सँगै छैनौं



एजेन्सी, ११ साउन । अभिनेत्री शमिता शेट्टी र राकेश बापट फेरि चर्चामा आएका छन् । दुवैले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए तर अहिले उनीहरुले ब्रेकअपको घोषणा गरेका छन् । दुबैले सामाजिक सञ्जालमा पोष्ट शेयर गरेर फ्यानलाई यो जानकारी दिएका छन् ।

शमिताले लेखेकी छिन्, ‘मलाई यो कुरा स्पष्ट गर्न आवश्यक छ, राकेश र म अब सँगै छैनौं र केही समयदेखि यस्तै भइरहेको छ । तर यो म्युजिक भिडियो हामीलाई धेरै माया र साथ दिनुहुने हाम्रा प्यारा फ्यानहरूको लागि हो। यसरी नै हाम्रो मायाको वर्षा गरिरहनुहोस्। सबैलाई माया र कृतज्ञता।’ दुबैले एक म्युजिक भिडियो छायांकन गरेका छन्, जुन छिट्टै रिलिज हुन लागेको छ ।

यसै क्रममा राकेशले पनि आफ्नो पोस्टमा लेखेका छन्, ‘म तपाईहरुलाई भन्न चाहन्छु कि म र शमिता अब सँगै छैनौं । भाग्यले हामीलाई धेरै फरक परिस्थितिहरूमा मिसाएको छ। शारा परिवारलाई साथ र माया गर्नुभएकोमा धन्यवाद। एक निजी व्यक्ति भएकोले, म मेरो ब्रेकअप सार्वजनिक रूपमा घोषणा गर्न चाहन्न, तर मलाई लाग्छ कि हामीले हाम्रा प्रशंसकहरूलाई यस बारे बताउनुपर्छ।’ उनले पनि म्युजिक भिडियो भने सबैलाई हेर्न आग्रह गरेका छन् ।

शमिता र राकेशको प्रेम कहानी करण जोहरको शो ’बिग बोस ओटीटी’ मा सुरु भएको थियो। शोमा यी दुई एकअर्कासँग पटक–पटक झगडा गरेको पनि देखियो । यसै क्रममा शमिताले आफ्नो प्रेमीको मृत्यु हुँदा उनी १८ वर्षकी मात्रै थिइन्, जसले उनलाई निकै दुखी बनाएको खुलासा गरिन् । यसै क्रममा राकेशले पनि आफ्नो बुबाको मृत्यु र रिद्धि डोगरासँग सम्बन्ध विच्छेदबारे बताएपछि दुईजना निकै नजिक भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot