Logo

प्रधानमन्त्री बन्न म पनि योग्य छु : डा. महत (भिडिओसहित)



काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री बन्नको लागि आफू पनि योग्य रहेको बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको लागि धेरै साथीहरु योग्य हुनुहुन्छ । म पनि योग्य छु ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री गगन थापाले त आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिसक्नुभयो नि ? भनेर सोधेको प्रश्नमा उनले भने–‘घोषणा गर्दैमा हुने भए त मैले पनि घोषणा गरिहाल्थें । अरु कसैले पनि घोषणा गर्थे, त्यसकारण घोषणा गर्नु ठूलो कुरा होइन । मूल कुरो अहिले हामीले पार्टीलाई बलियो बनाउनेतिर लागेका छौं । व्यक्ति बलियो भएर केही हुँदैन् । पार्टी बलियो भयो भने हामी बलियो हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्