Logo

एमालेसँग प्रतिस्पर्धा गर्न एक हुनु पर्यो : शशाङ्क कोइराला



काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग आज (शनिबार) चितवनमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

उनले भने,“सरकार पनि गठवन्धनको छ । गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उनको दावी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे,“एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु प¥यो ।”

अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही संग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उनको भनाई थियो । संबिधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot