Logo

उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना



काठमाडौँ,२२ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गरेको हो ।

उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गरेको उनको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot