Logo

बसपार्कको होटलमा बालिका बलात्कार गर्ने युवक पक्राउ



झापा, २५ साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot