Logo

कांग्रेस पदाधिकारी बैठक जारी



काठमाडौं, २५ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको तयारीका बारेमा छलफल गरिने जनाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र दुई उपसभापतिहरु पुर्णबहादर खड्का र धनराज गुरुङ अनुपस्थित भएपछि महामन्त्री गगन थापाको अध्यक्षतामा बैठक बसेको हो ।

प्रधानमन्त्री देउवा कार्यव्यवस्ताको कारण उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमित भएका उपसभापति खड्का आराम गरिरहेका छन् भने अर्का उपसभापति गुरुङ विदेश भ्रमणमा छन् ।



प्रतिक्रिया दिनुहोस्