Logo

के रामचन्द्र पौडेललाई किसान श्रेष्ठले तनहुँ १ छाड्लान्



काठमाडौं, २७ साउन । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलको चुनावी क्षेत्र तनहुँ १ मा चुनावी सक्रियता बढ्न थालेको छ । २०४८ सालयता पटक पटक उक्त क्षेत्रबाट चुनाव लडेका पौडेल पहिलोपटक २०७४ मा पराजित भएका थिए । उनलाई पराजित गर्ने तत्कालीन नेकपा एमालेका सांसद किसान श्रेष्ठ अहिले सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादी पार्टीमा छन् ।

गठबन्धनमा चुनावी तालमेल हुँदाको मोडालिटीमा जुन दलले जितेको क्षेत्र हो सोही दलले चुनाव लड्ने गरी सहमति बन्न लागेको चर्चा छ । यस्तो अवस्थामा तनहुँ १ बाट किसान श्रेष्ठले गठबन्धनको टिकट पाउने सम्भावना रहन्छ ।

किसान श्रेष्ठलाई बारा पठाएर पौडेललाई नै तनहुँ १ मा लाने विषय पनि चर्चामा छ । चितवनमा पनि विकल्प राखेर पौडेललाई लान खोजिएको छ ।
तनहुँ १ बाट पूर्वगृहमन्त्री गोविन्दराज जोशी पनि चुनावी मैदानमा खडा हुने घोषणा भइसकेको छ । सोही क्षेत्रमा पूर्वआइजीपी सर्वेन्द्र खनाल बढ्ने चर्चा पनि छ । यसकारण पौडेललाई यसपटकको चुनाव सजिलो छैन ।



प्रतिक्रिया दिनुहोस्