Logo

कांग्रेस रामेछाप सभापति कान्छाराम अल्पमतमा परे, कार्यसमितिले नेतृत्वलाई पठायो ध्यानाकार्षण पत्र



काठमाडौं, १ भदौ । नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ ९कान्छाराम० अल्पमतमा परेका छन् । जिल्ला कार्यसमितिले सभापति तामाङ अल्पमतमा परेको भन्दै ध्यानाकर्षण पत्र जारी गरेको छ । कार्यसमितिले जिल्ला सभापति तामाङले पार्टीलाई गम्भीर आघात पुग्नेगरि गतिविधि गरेको आरोप लगाएको छ ।
कार्यसमितिले गत साउन ३ गतेको बैठकबाट सभापति तामाङ अल्पमतमा रहेको जिल्ला कार्य समितिका बहुमत कार्यसमिति सदस्यहरुले जिल्ला पार्टी सभापतिलाई साउन ६ गते दिएको ज्ञापन पत्रले प्रमाणित भैसकेको जनाईएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ-“कार्य समिति सदस्यहरुले ज्ञापनपत्र दिँदादिँदै पनि पार्टी सभापतिले पुनः १७ साउनमा बैठक बोलाई बैठकमा २० जना मात्र उपस्थित भएतापनि बैठकमा उपस्थित नै नभएका सदस्यहरुको निर्णय पुस्तिकामा विभिन्न प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराई आफ्नो पक्षमा बहुमत सदस्य रहेको भनि पूर्ववत सर्वसम्मतबाट गरेका निर्णयहरुलाई उल्टाई पार्टीलाई आघात पुग्ने विभिन्न निर्णय गर्दै गलत प्रचार गरेकोमा हामी बहुमत कार्य समिति सदस्यहरुको तर्फबाट घोर भर्त्सना गर्दछौं ।” तामाङले पार्टीलाई अवैधानिक र अलोकतान्त्रिक तवरले सञ्चालन गरेको कार्यसमितिका बहुमत सदस्यहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्