Logo

धेरै सन्तुलन मिलाउन खोज्दा प्रचण्डलाई सकस भएको होः हरिबोल गजुरेल



काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले धेरै सन्तुलन मिलाउन खोज्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पदाधिकारी चयनमा सकस भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “प्रचण्डले विश्वासपात्र खोजेको  होइन, सन्तुलन मिलाउन खोज्नुभएको हो । कहिलेकाहीँ पार्टीमा जति जे गरे पनि सन्तुलन मिलाउन सकिँदैन । सन्तुलनभन्दा पनि मुख्य कुरा क्षमता कोसँग भन्ने हो । पार्टीमा आकांक्षा राख्ने, सुखसुविधाको मोह गर्ने त धेरै भइहाल्छन् नि ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot