Logo

बालेनको एक्सन जारी, आज राहदानी विभागको अन्डरग्राउण्ड खाली गराए (फोटोफिचर)



काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह काठमाडौं महानगरभित्र बनाईएका सम्झौताविपरितका अवैद्य संरचना भत्काउने अभियानमा छन् । निकै आक्रामक रुपमा प्रस्तुत भएका शाहको कामलाई आम जनताले वाहवाह भनेका छन् ।

शाह आज (शुक्रबार) काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराउन दलबलसहित पुगेका थिए । बालेनको टोलीले पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएको छ ।

पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो। घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्