Logo

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न प्रधानमन्त्री देउवा बुटवल जाँदै



काठमाडौं, भदौ ११ । बुटवल उपमहानगरपालिका वडा नं १० स्थित रामनगरमा एक अर्ब बढीको लागतमा निर्माणको भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गरिने भएको छ ।

करिब नौ बिघा क्षेत्रफलमा केन्द्र निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्न लागेका हुन् ।

१३ वटा वातानुकुलित सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र १ अर्ब ११ करोडको लागतमा संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको हो।

संघीय राजधानी बाहिरको पहिलो सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो यो। यो सभाहल नेपालको राष्ट्रिय झन्डा आकारमा निर्माण गरिएको छ। बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले केन्द्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ११ सय क्षमताको मुख्य हल (अडिटोरियम हल) सहित ५५० देखि ५० सिट क्षमताका ठूला–साना गरी अन्य १२ वटा हल रहेको जानकारी दिए । जसमा सेमिनार हल, मिटिङ हल, लेक्चर हल आदि छन्।

सम्मेलन केन्द्रमा, बाल उद्यान, वाटर फाउन्टेन, कर्मचारी आबास भवन, सर्भिस भवन, क्यान्टिनलगायतका आवश्यक संरचना निर्माण गरिएको छ। केन्द्रमा प्रवेश गर्न र बाहिरिनका लागि छुट्टाछट्टै ५ वटा गेट छन्। तीमध्ये एउटा भिआइपीका लागि छ। ८ सय क्षमताको पार्किङ स्थल र हेलिप्याड निर्माण गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot