Logo

प्रतिनिधिसभा निर्वाचन : सुजाता कोइरालाको नाम मोरङ–२ बाट सिफारिश



काठमाडौं, १७ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको नाम मोरङ–२ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिश भएको छ । कोइरालासँगै नेता डा मिनेन्द्र रिजालको नाम पनि यही क्षेत्रबाट सिफारिस भएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को हिजो (बिहीबार) बसेको बैठकले कोइराला र रिजालको नाम सिफारिस गरेको हो। यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ अब्दुल रहिम, गोपालमान सिंह राजभण्डारी, कर्णबहादुर याख्खा र कलाकुमारी सिंहको नाम सिफारिस भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot