Logo

नग्न फोटोशूटबारे रणवीरले भने,“मेरो तस्बिर छेडिएको छ”



एजेन्सी, ३० भदौ । बलिउड अभिनेता रणवीर सिंहले केही महिनाअघि अमेरिकी म्यागजिनका लागि नग्न फोटोशूट गराएपछि उनको समस्या निकै बढेको थियो । अश्लीलता फैलाउने र मानिसहरूको भावनामा चोट पु¥याएको आरोपमा मुम्बईको चेम्बुरमा उनको विरुद्ध एफआईआर पनि दर्ता गरिएको थियो, जसपछि रणवीरले अब मुम्बई पुलिसलाई आफ्नो बयान रेकर्ड गरेका छन् र आफ्नो तस्बिरमा छेडछाड भएको बताएका छन्।

रणवीरले प्रहरीलाई दिएको बयानमा उनले इन्स्टाग्राममा पोस्ट गरेका ७ वटा तस्बिर अश्लील नभएको र आफूले भित्री लुगा लगाएको बताए । अभिनेताले फोटो हेरेर यसमा प्राइभेट पार्ट देखिने केस बनेकोमा आपत्ति जनाए । उनले भने,“त्यो सबै गलत हो । ती फोटोहरू मोर्फ गरिएका छन्।” पुलिसले रणवीर सिंहको यो बयान रेकर्ड गरेको छ, अब उसले यसको पुष्टि गरिरहेको छ।

रणवीरका यी तस्बिरहरू मोर्फ गरिएका हुन् वा होइनन् भन्ने पुष्टि गर्न प्रहरीले यसलाई फरेन्सिक विज्ञान प्रयोगशालामा पठाएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । तस्बिरहरूसँग छेडछाड गरिएको पत्रा लागेमा रणवीरले मुद्दाबाट क्लिन चिट पाउन सक्छन् ।
रणवीरले जुलाई २२ मा पेपर म्यागजिनका लागि नग्न फोटोसुट गरेका थिए । यी तस्बिरहरू उनले सामाजिक सञ्जालमा सेयर गरेपछि चेम्बुर पुलिस स्टेशनमा मुम्बईको एक एनजीओले रणवीरविरुद्ध एफआईआर दर्ता गरायो। त्यसपछि रणवीरविरुद्ध आईपीसीको धारा ५०९, २९२, २९३, आईटी ऐनको धारा ६७ए अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। उजुरी दर्ता भएपछि मुम्बई प्रहरीले ४८ घण्टाको समय मागेको थियो । यसपछि रणवीरविरुद्ध मुद्दा दर्ता भएको थियो ।

रणवीर चाँडै नै निर्देशक रोहित शेट्टीको फिल्म ’सर्कस’ मा ज्याकलिन फर्नान्डिज र पूजा हेगडेसँग देखिनेछन्। यो फिल्म यसै वर्षको क्रिसमसको अवसरमा रिलिज हुँदैछ । यसबाहेक रणवीर आलिया भट्टसँग ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनेछन् । फिल्ममा शबाना आजमी, जया बच्चन र धर्मेन्द्रको पनि मुख्य भूमिका छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot