Logo

डा. महतोको निमन्त्रणामा रुसी वरिष्ठ युरोलोजिष्ट प्रा.डा. पाव्लव एन्ड्रे युरिभिच्को टोली नेपाल मेडिसिटीको भ्रमणमा



काठमाडौं, १३ असोज । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोकोे निमन्त्रणामा रुसी वरिष्ठ युरोलोजिष्ट तथा “रेडियोलोजीको लागि रूसी वैज्ञानिक केन्द्र“का उप–निर्देशक प्राध्यापक डा. पाव्लव एन्ड्रे युरिभिच् सहितको टोलीले नेपाल मेडिसिटी अस्पतालको भ्रमण गर्नुभएको छ ।

भ्रमणको दौरानमा वहाँको चिकित्सकहरुसँग पनि साक्षात्कार भएको छ । करिब ३०० वैज्ञानिक अनुसन्धानको प्रकाशन गरीसकेका प्रा.डा. युरिभिचले नेपाल मेडिसिटी अस्पतालको संरचना, चिकित्सकिय टोली, शैक्षिक कार्यक्रम तथा व्यवस्थापन जस्ता विषयलाई ध्यानमा राख्दै अस्पतालको अवलोकन गर्नुभएको हो ।

यस नेपाल भ्रमणका बिचमा प्रा.डा. युरिभिचले नेपाल सरकार स्वास्थ्य मन्त्रालयका माननिय मन्त्री भवानी प्रसाद खापुङ्गसँग पनि भेटवार्ता गर्नुभएको छ । नेपालीहरुलाई स्वस्थ राख्ने अभियानमा आफु र आफ्नो संस्थाले आवश्यक साथ र सहकार्य प्रदान गर्न इच्छुक रहेको वहाँले प्रतिक्रिया वहाँले दिनुभएको छ । त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनलाई समेत भेट गर्नुभएको छ ।

नेपाल मेडिसिटी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले प्रसिद्ध रुसी प्रा.डा. युरिभिचलाई स्वागत गर्न पाएकोमा हर्षित भएको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, नेपालमा मेडिसिटीले प्रदान गरीरहेको सेवाबारे प्रत्यक्ष रुपमा प्रस्तुत गर्दै वहाँका अनुभव श्रवण गर्न पाउनु धेरै महत्वपूर्ण अनुभव रहेको बताउनुभएको छ ।

प्राध्यापक डा. पाव्लव एन्ड्रे युरिभिच् उप–निर्देशक रहेको वैज्ञानिक र चिकित्सा कार्यको रुसी संस्था “रेडियोलोजीको लागि रूसी वैज्ञानिक केन्द्र“सँग भविष्यमा सहकार्य गर्न पाएको खण्डमा नेपाल मेडिसिटीले नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउन सक्ने अपेक्षा राखेको छ ।

यो भ्रमणपश्चात अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकहरु नेपाल आउने र नेपाली विशेषज्ञ चिकित्सकहरुले रुसमा गई आफ्नो दक्षता साटासाट गर्न पाउने किसिमको ज्ञान र दक्षता एक्स्चेञ्ज कार्यक्रमहरुलाई लागु गर्ने वातावरण निर्माण गर्न सकिने बताइएको छ । यसले केवल एक अस्पताललाई मात्र नभई सिंगो नेपाली मेडिकल क्षेत्रको वृद्धिविकासमा सहयोग पु¥याउने आशा समेत राखिएको अस्पतालले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्