Logo

ताप्लेजुङमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले १० भाइलाई अध्यक्ष ओलीले पेलान गरेको अवस्थामा भट्टराईलाई भने टिकट दिएका छन् ।

यसअघि भीम रावललाई एमालेले टिकट दिने भनेको थियो । तर, अन्तिममा अध्यक्ष ओलीकै आग्रहमा रावललाई उम्मेदवार नबनाउने निर्णय भएको छ ।

पछिल्लो सचिव भट्टराई भने अध्यक्ष ओलीसँग नजिकिएका थिए । उनी ओलीको चर्को समर्थकको रुपमा देखिएका थिए । एमालेले तिलकुमार मेनेङ्बोलाई प्रदेशसभामा उठाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्