Logo

घनश्याम भुसालले पनि टिकट पाएनन्, ओलीसँगको अन्तरसंघर्ष महँगो सावित



काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भुषाल रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा थिए । तर, पार्टीले भने उनलाई टिकट नदिने निर्णय गरेको छ ।

भुषालको उक्त क्षेत्रमा राप्रपाका प्रभावशाली नेता दीपक बोहोराले टिकट पाउने भएका छन् । सो क्षेत्रमा एमालेले राप्रपालाई सघाउने भएको छ । नेकपाकालिन अवस्थादेखि नै भुषालले अध्यक्ष ओलीको आलोचना गर्दै आएका थिए ।

१०औं महाधिवेशनमा पनि उनले अध्यक्ष ओलीको निर्णयलाई चूनौति दिएर उम्मेदवारी दिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई मतसमेत मागेका थिए ।

आजमात्रै एमाले र राप्रपाका शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे सहमतिको लागि हस्ताक्षर गर्नेगरि छलफल भएको थियो । दुवै तर्फका नेताहरुकाअनुसार सहमतिमा भोलि विहानै हस्ताक्षर हुनेछ । file photo



प्रतिक्रिया दिनुहोस्