Logo

प्रचण्डले चितवन-३ छाडेपछि छोरी रेनु दाहाल स्तब्ध, षड्यन्त्र भएको निश्कर्ष



काठमाडौं, २१ असोज । नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले दाहाललाई प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जनाए ।

०७४ को निर्वाचनमा चितवन ३ बाट चुनाव लडेका दाहाल यसपटक भने सो क्षेत्र छोडेर गोरखा जाने भएका हुन् । दाहालको लागि बाबुराम भट्टराईले प्रत्यक्ष चुनाव नलड्ने भन्दै सो क्षेत्र छोडिदिएका छन् । यसअघि सो क्षेत्रबाट बाबुरामले चुनाव जितेका थिए । माओवादीले दाहाललाई गोरखाबाट निर्वाचन लडाउने निर्णय गरेको समाचार बाहिरिएसँगै सामाजिक सञ्जालमा भने धेरै नै आलोचना भएको छ । दाहालले यसअघि आफूले चितवन ३ बाट नै चुनाव लड्ने बताउँदै आएका थिए ।

दाहाल चितवन ३ छाडेर गोरखा २ जाने निर्णय भएकोमा दाहालकी छोरी रेनु दाहाल भने स्तब्ध भएकी छिन् । उनी भरतपुर महानगरकी मेयरपनि हुन् । उनले प्रचण्ड चितवनबाट चुनाव नलड्नु दुःखद् भएको र यो चितवनवासीको लागि दुर्भाग्य भएको टिप्पणी गरेकी छिन् । उनले फेशबुकमा लेखेकी छिन्-“दुखद: चितवनवासीका लागी दुर्भाग्य ? स्तब्ध , भित्री/बाहिरी षड्यन्त्रकारीहरूको नियत ईतिहासले पक्कै उजागार गर्नेछ।”



प्रतिक्रिया दिनुहोस्