Logo

सिँढीबाट ओर्लिरहेकी आलियाको हात नीतुले रणवीरलाई समात्न भनेपछि…



एजेन्सी, २७ असोज । बलिउड कलाकारहरु रणबीर कपूर, आलिया भट्ट र नीतु कपूर हालै मुम्बईको एउटा रेस्टुरेन्टबाट बाहिर निस्किएका थिए। यसको एउटा भिडियो पनि सार्वजनिक भएको छ, जसमा नीतु आफ्नी बुहारी आलियाको हेरचाह गरिरहेको देखिएकी छिन् ।

वास्तवमा, भिडियोमा तीनै जना आपसमा कुरा गरिरहेको देखिन्छ, तर आलिया सिँढीको नजिक आउँदा नीतुले छोरा रणवीरलाई आलियाको हात समात्न भनिन्।

उनको कुरा मानेपछि रणवीरले तुरुन्तै आलियाको हात समात्छन्, ताकि उनलाई सिँढी ओर्लन कुनै समस्या नहोस् । तर, यसबारे आलियाले भनेकी छिन्, ‘म ठीक छु । अब यो भिडियो हेरेपछि फ्यानहरूले नीतुको यो हावहारको धेरै प्रशंसा गर्दै उनलाई उत्कृष्ट भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot