Logo

साकाको निर्णायक गोलले आर्सनल विजयी



काठमाडौं, असोज ३१ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तरगत आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरेका थिए । साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै आर्सनलले १० खेलमा २७ अंक जोडेको छ ।

आर्सनल शीर्ष स्थानमा कायम रहेको छ भने लिड्स ९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्