Logo

जान्हवीले बहिनीलाई दिइन् डेटिङको सल्लाह



एजेन्सी, ३ कात्तिक । कपूर दिदि बहिनीहरू जान्हवी र खुशी प्रायः चर्चामा रहने गर्छन् । जान्हवीले फिल्म इन्डस्ट्रीमा आफ्नो खुट्टा लगभग स्थापित गरिसकेकी छिन् भने अर्कोतर्फ उनकी बहिनी खुशी चाँडै फिल्म ‘द आर्चिज’ बाट डेब्यु गर्दैछिन् ।

दुवै दिदीबहिनीको करियरका लागि यो समय निकै विशेष छ । जान्हवी जेठी भएकाले अक्सर खुशीलाई सल्लाह दिन्छिन् । अब भर्खरै अभिनेत्रीले बिहिनीलाई अर्को सल्लाह दिईन्, उनले भनिन्,‘म चाहन्न कि खुशीले कुनै अभिनेतासँग डेट गरोस् ।’

जब अभिनेत्रीलाई बहिनी छिट्टै इन्डस्ट्रीमा आउन लागेकी छिन् भनेर सोध्दा खुशीलाई के सल्लाह दिनुहुन्छ ? यसपटक जाहन्वीले जवाफ दिइन– ’कहिल्यै पनि अभिनेतालाई डेट नगर्नु।’ जान्हवीले थप मुस्कुराउदै भनिन् –मलाई लाग्छ कि म र खुशी जस्ता केटीहरूले एक अभिनेता केटालाई डेट नगर्नु राम्रो हुनेछ।’ यो सल्लाहसँगै जान्हवीले पनि अप्रत्यक्ष रूपमा स्वीकार गरिन् कि उनी पहिले एक अभिनेतालाई डेट गर्दै थिइन् ।

आफ्नी बहिनी फिल्म इन्डस्ट्रीमा आउन लागेकोमा जान्हवीले आफू निकै खुसी भएको बताइन् । खुशीलाई करियरको सल्लाह दिँदै भनिन्,’आफ्नो महत्व जान्नुपर्छ ।’ इन्स्टाग्राममा तपाईंलाई ट्रोल गर्ने मानिसहरूले के भन्नेछन् भन्ने सोच नगरी अगाडी बढ्न समेत आग्रह गरिन् । ट्रोलिङको बारेमा कुरा गर्दै जान्हवीले भनिन्,‘यी सबै कुराबाट बाहिर आउन मैले लामो समय लगाएको थियो ।’

जान्हवीले अहिले बलिउडमा आफ्नो खुट्टा स्थापित गरिसकेकी छिन् । आगामी दिनमा नायिका धेरै ठूला चलचित्रको हिस्सा बन्न लागेकी छिन् । मिलि बाहेक जान्हवी मिस्टर एण्ड मिसेस माही, बवल र किट्टीमा मुख्य भूमिकामा देखिनेछिन् । योसँगै खुशी जोया अख्तरको फिल्म द आर्चिजमा देखिनेछिन् । फिल्ममा खुशीका अलावा शाहरुख खानकी छोरी सुहाना, अमिताभ बच्चनका नातिनी अगस्त्य नन्दा पनि मुख्य भूमिकामा छन् । फिल्म अर्को वर्ष २०२३ मा रिलिज हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot