Logo

चितवन-३ बाट प्रचण्ड भाग्नुभएको भन्ने कुरा गलत हो, उहाँ राष्ट्रिय नेता हो (भिडिओसहित)



काठमाडौं, ७ कार्तिक । नेकपा (माओवादी केन्द्र) बाट चितवन–३ का प्रतिनिधिसभाका उम्मेदवार डा. भोजराज अधिकारीले आफूले चुनाव जित्ने दाबी गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल हार्छु भनेर चितवनबाट गोरखा गएको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. अधिकारीले अध्यक्ष दाहाल राष्ट्रिय नेता भएको र नेपाली राजनीतिमा निरन्तरतामा क्रमभंगता गर्ने नेता भएकोले चितवन छाडेर यसपटक गोरखा गएको विषयलाई आफूले स्वभाविक रुपमा लिएको बताए ।

उनले आफू चिकित्सक भएको नाताले अध्यक्ष प्रचण्ड र उनकी विरामी पत्नी सिता दाहालको स्वास्थ्य पनि हेर्दै आएको सुनाए । उनले प्रचण्डको स्वास्थ्य एकदमै राम्रो रहेको बताए ।

उनले भने,‘उहाँको स्वास्थ्य एकदमै राम्रो छ ।’ उनले चितवनवासीले प्रचण्डलाई चितवनबाटै चुनाव लड्न आग्रह गर्दै काठमाडौं धाएको सुनाए । अधिकारीले आफूले ०६१/०६२ देखि नै माओवादीमा सक्रिय भएको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot