Logo

केपीलाई गणतन्त्र नपचेको माधवको आरोप



काठमाडौं, ७ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान, लोकतन्त्र र गणतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । उनले आफूहरुको नेतृत्वमा बनेको गठबन्धन मुलुकको हितको लागि र प्राकृतिक गठबन्धनको रुपमा चित्रण गरे ।

आज (सोमबार) सत्ता गठबन्धनको बागमतीस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘शक्तिको मातले संविधानलाई टेरेनन्, विधिलाई कुल्चिए, नियम कानुनलाई टेरेनन्, सबैभन्दा ज्ञान बुद्धि भएको व्यक्ति आफूलाई ठाने भने त्यो भन्दा विडम्बना अरु केही हुँदैन ।’ उनले ओलीलाई गणतन्त्र, संघीयता र लोकतन्त्र नपचेको आरोप लगाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot