Logo

माल्दिभ्सको राजधानी मालेमा भीषण आगलागी, कैयौंको मृत्यु



एजेन्सी, २४ कात्तिक । माल्दिभ्सको राजधानी मालेमा भएको आगलागीमा परी कैयौं भारतीयको मृत्यु भएको छ । मालेमा बस्ने मजदुरको घरमा आगलागी भएपछि दुर्घटना भएको हो ।

माल्दिभ्समा भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय उच्चायोगले आफू माल्दिभ्सका उच्च अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूलाई आवश्यक पर्ने सहयोग गर्ने बताएको छ । यससँगै उच्च आयोगले दुईवटा हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।

माल्दिभ्समा रहेको भारतीय उच्चायोगलाई आफ्नो प्रियजनको जानकारीको लागि सम्पर्क गर्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस्