Logo

ओलीलक्षित हर्क साम्पाङको आक्रोश : उभिएर भाषणसम्म गर्न नसक्नेले मलाई चूनौति दिएर गएछ !



काठमाडौं, २५ कार्तिक । धरान उपमहानगरका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । आज (शुक्रबार) पार्टीको चुनावी कार्यक्रममा सम्बोधन गर्न धरान पुगेका ओलीले मेयर साम्पाङबारे आलोचनात्मक टिप्पणी गरेका थिए । ओलीको आफूबारेको टिप्पणीको जवाफ दिँदै मेयर साम्पाङले धाराप्रवाह रुपमा आलोचना गरेका छन् ।

उनले भनेका छन्,”उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा!”

फेशबुकमार्फत उनले ओलीसँग आक्रोश पोखेका छन् । उनले अर्को पोष्टमा लेखेका छन्-“एक सूरमा जनताको सुख र सुविधाका लागि दिन भरि ढुङ्गा बोक्ने म सानो र सोझो मान्छेलाई छेड छाड गर्दै भोट नमाग है ! आफै सिद्धिने खाल्डो नखन्नु !”



प्रतिक्रिया दिनुहोस्

Screenshot