Logo

महिनौंदेखि भन्सार विभाग घेराउ हुँदासमेत सरकार प्रतिक्रियाविहीन बनेको भन्दै प्रभु साहको आक्रोश



काठमाडौं, २८ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिनौंदेखि भन्सार विभाग घेराउ हुँदासमेत सरकार प्रतिक्रियाविहीन बनेको भन्दै आक्रोश पोखेका छन् । आजपाले भन्सारमा भएको लुटकारी प्रावधान हटाउन माग राखेर विगत लामो समयदेखि आन्दोलन गर्दै आएको छ । अहिले चौथो चरणको आन्दोलन गरिरहेको छ ।

चौथो चरणको आन्दोलनअन्तर्गत आज (शुक्रबार) आजपाले भन्सार विभाग घेराउ गरेको आठौं दिन पुगेको छ । सरकारले आफूहरुको मागप्रति कुनै चासो नदेखाएको भन्दै आन्दोलनको नेतृत्व गरेकी रञ्जु साहले आगामी दिनमा आन्दोलन थप सशक्त बन्ने चेतावनी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot