Logo

नवलपरासी पूर्व–१ मा शंशाक कोइराला निर्वाचित



काठमाडौं, ८ मंसिर । नवलपरासी पूर्व–१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता शंशाक कोइराला निर्वाचित भएका छन् ।

कोइरालाले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दैै विजयी भएका हुन् ।

कांग्रेसका पूर्व महामन्त्री कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् भने पौडेलले २५ हजार ४७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ५ मत पाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्