Logo

सिन्धुपाल्चोक–२ मा बस्नेत र तामाङको कति मत !



काठमाडौं, ८ मंसिर । देशभर जारी मतगणनाबारे सबैको चासो बढेको छ । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसका मोहन बस्नेतले मतान्तर बढाएका छन् । बस्नेतले पूर्व सांसद शेरबहादुर तामाङलाई ११ हजार भन्दा बढी मतले पछि पारेका छन् ।

अहिलेसम्मको मतगणना हुँदा बस्नेतले २७ हजार २२३ मत प्राप्त गरेर अग्रस्थानमा छन् भने तामाङले १६ हजार १७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले १४ सय ४५ मत ल्याएकी छिन् । तामाङले यसअघि पनि दुईपटक सो क्षेत्रबाट जित हासिल गरीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्