Logo

मिलन पाण्डेले जमानत जोगाउन सकेनन्



काठमाडौं, ८ मंसिर । काठमाडौं–९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका साझा पार्टी नेपालका मिलन पाण्डेले यसपटक जमानत जोगाउन सकेनन् ।

गत २०७४ सालको निर्वाचनमा विवेकशिल साझा पार्टीबाट चुनाव लडेर जमानत जोगाएका पाण्डेले यसपटक कुल सदर मतको ५.५ प्रतिशत मतमात्रै प्राप्त गरे ।

सो क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ रहेको छ। उनले यसपटक २३ सय २७ मत प्राप्त गरेका छन् । उनले गत चुनावमा ४९ सय ४६ मत प्राप्त गरेका थिए ।

सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्