Logo

सरकारले ल्याएको अध्यादेश विरुद्व राजधानीमा अनेरास्ववियुको विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, मंसिर २७ । सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै नेकपा (एमाले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सडकमा उत्रिएको छ ।

अनेरास्ववियुले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई रिहा गर्ने तयारी अनुसार सरकारले अध्यादेश ल्याउन लागेको भन्दै मंगलबार विहान काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि आयोजित कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot