Logo

कांग्रेस संसदीय दलको नेता छान्न मतदान जारी, अव १५ मत खस्न बाँकी



काठमाडौं, पुस ६ । सघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा जारी मतदान निर्धारित समय भन्दा झन्डै ४५ मिनेट ढिलोगरी सुरु भएको थियो ।

निर्वाचन समितिका अनुसार अब करिब १५ मत मात्रै खस्न बाँकी रहेको छ । मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot